नेप्से परिसूचक १६ अंकले घट्यो, हाइड्रोपावर कम्पनीहरु राताम्य

लोकपथ
0
Shares

काठमाडौं । कारोबारको अन्तिम दिन सेयरबजार परिसूचक नेप्सेमा १६ अंकले घटको छ । बुधबार १२.०५ अंकले बढेर ३१ सय २३.१४ बिन्दुमा पुगेर रेकर्ड राखेको नेप्सेले आज भने १६ अंकले घटेर ३१ सय ०७.४५ बिन्दु कायम कायम भई कारोबार बन्द भएको हो ।

नेप्सेका अनुसार आजका दिन विकास बैंक समूहको सेयर भने झन्डै १ सय ११ अङ्कले बढेको छ । यस क्षेत्रमा पोजेटिभ भाइब आएसँगै सेयर बजारमा १४ अर्बमाथिको कारोबार भएको छ।

१६ अंकले खस्किएको बजारमा कारोबार रकम भने यस दिन पनि १४ अर्बमाथि रहेको छ । नेप्सेका अनुसार आज कुल २२६ कम्पनीका २ करोड ८८ लाख कित्तामाथिको सेयर १ लाख ३५ हजार बढी पटक किनबेच हुँदा अधिकतम १४ अर्ब ३१ करोड ६२ लाखको कारोबार भएको छ ।

बुधबार कुल कारोबार रकम १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रहेको थियो ।

बिहीबार माइक्रोफाइनान्स समूहको सेयर ३९ अङ्कले, जलविद्युत समूहको ७६ अङ्कले, होटल समूहको ४७, अन्य समूहको १७, उत्पादन समूहको ६९, फाइनान्स समूहको २४, जीवन बीमा समूहको ५९ र निर्जीवन बीमा समूहको सेयर ५६ अङ्कले घटेको छ ।

आज सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको सेयर झन्डै सात प्रतिशतले र घलेम्दी, शिवश्री र रिडी हाइड्रोको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?