काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
काठमाडौंको बुद्धनगरस्थित क्वालिटी क्याफेमा सुरु भएको बैठकका लागि विभिन्न एजेण्डाहरु तय भएका छन् ।
यसअघि बसेको पार्टीको स्थायी कमिटी बैठकले समसामयीक राजनीति र पार्टी एकताको सन्दर्भमा एजेन्डा तय गरेको नेता भीम आचार्यले जानकारी दिए ।
‘बैठकका लागि समसायिक राजनीति र पार्टी एक्ताको सन्दर्भमा एजेण्डा तय गरेको छ । माधज पक्ष पार्टी एकताका लागि गम्भीर र संवेदनशील छौं । केन्द्रीय समिति बैठक पनि यही ढंगले अघि बढ्छौं ।’ नेता आचार्यले भने ।
पार्टी अध्यक्ष केपी शर्मा ओली समेत पार्टी एकताको पक्षमा आउनुपर्नेमा जोड दिँदै १० बुँदे सहमतीको आधारमा पार्टी एकता सम्भव हुने बताए ।
‘केपी ओली एकताको पक्षमा आउनुपर्छ । हामी इएकताकै पक्षमा । पार्टी एक्ता हुने कुरामा समस्ष्या छैन । १० बुँदे सहतिको जगमा टेकेर पार्टी एक्ता गर्न सकिन्छ । त्यसलाई पनि सम्बोधन गर्न सकिन्छ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया