नेपाल पक्षको बैठक : यसकारण गएनन् सुरेन्द्र र योगेश

लोकपथ
2.5k
Shares

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बसेको छ ।

काठमाडौंको बत्तीसपुतलीस्थित क्वालिटी क्याफेमा जारी बैठकमा नेताहरु योगेश भट्टराई र सुरेन्द्र पाण्डे भने अनुपस्थित रहेका छन् ।

नेताद्वय भट्टराई र पाण्डे कन्ट्रयाक ट्रेसिङमा परेका कारण बैठकमा अनुपस्थित भएका हुन् ।
नेता पाण्डेको पीएसओ र भट्टराईको आमालाई कोरोना संक्रमण भएको कारण दुवै नेताहरु बैठकमा उपस्थित नभएको स्रोतले जनाएकोे छ ।

आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल हुने नेता मेटमणी चौधरीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?