४५ वर्षीया महिलालाई बलात्कार गर्ने १७ वर्षीय किशोर पक्राउ

लोकपथ
897
Shares

पाल्पा । पाल्पामा ४५ वर्षीया महिलालाई बलात्कार गर्ने एक १७ वर्षीय किशोर पक्राउ परेका छन् ।

ती महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रैनादेवी गाउँपालिका–२ सर्देवा डेरा गरी बस्ने सोही गाउँपालिका–२ कोकलधारा घर भएका किशोर पक्राउ परेका हुन् ।

ती महिलालाई आफ्नै कोठामा सुतिरहेको अवस्थामा किशोरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सर्देवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?