सेकेन्ड ह्यान्ड मोबाइल किन्दै हुनुहुन्छ ? ख्याल गर्नुहोस् यी ५ कुरा

लोकपथ
507
Shares

काठमाडौं । के तपाई सेकेन्ड ह्यान्ड मोबाइल किन्ने सोचमा हुनुहुन्छ ? सेकेन्ड ह्यान्ड फोन किन्ने सोचमा हुनुहुन्छ भने केही कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ ।

पछिल्लो समय सेकेन्ड ह्यान्ड मोबाइलको व्यापार धेरै नै बढेको छ । अनलाइनको माध्यमबाट पनि धेरै फोनहरुको विज्ञापन आइरहेका हुन्छन् । तर तीमध्ये अपयुक्त फोन कसरी छान्ने ?

१) फोनको बजार मूल्य :

सबैभन्दा पहिले त तपाईले कुन फोन किन्दै हुनुहुन्छ त्यसको बजार मूल्य थाहा हुनुपर्छ । फोन कहिले बजारमा सार्वजनिक भएको थियो र अहिलेको मूल्य कति छ भन्ने कुरामा ध्यान दिनुपर्छ । सार्वजनिक भएको फोनको मूल्य र अहिले चलेको मूल्य हेरेर मात्रै किन्नुहोस् ।

२) फोनको डिस्प्ले र लेआउट :

अर्को ध्यान दिनुपर्नेकुरा डिस्प्ले पनि हो । किन भने पछिल्लो समय मानिसहरुले डिस्प्लेमा समस्या वा फोनको डिस्प्ले गएपछि कपी डिस्प्ले हालेर फोन बेच्ने गरेका छन् ।

Here's what you need to know about your smartphone screen - The Financial Express

फोनको डिस्प्ले फेरिएको छ वा छैन भन्ने पत्ता लगाएपछि मात्रै फोन किन्नुहोस् । फोनकको स्क्रिनका सबै भागमा टच गरेर हेर्नुहोस् । लेआउटमा कुनै स्क्रयाच भएको छ कि छैन भन्ने पनि चेक गर्न जरुरी हुन्छ ।

३) फोनको क्यामेरा :

20 Best Camera Phones to Take Perfect Shots Worth Sharing (2021) | CellularNews

आजभोलि फोनमा सबैभन्दा धेरै प्रयोग हुने भनेको क्यामेरा हो । आफूले किन्न लागेको फोनको क्यामेरा ठीक छ कि छैन भनेर राम्ररी हेर्नुहोस् । फोटो क्लिक गर्दा फोटोको क्वालिटी सही छ वा छैन पनि चेक गर्नुहोस् ।

४) ब्याट्री ब्याकअप :

1277353801how-long-does-a-cell-phone-battery-charge-last-1. – Milan Chautari

अर्को महत्वपूण कुरा भनेको ब्याट्री ब्याकअप हो । धेरै मानिसहरुले फोनमा ब्याट्री ब्याकअप राम्रो नभएको भन्दै गुनासो गर्नेगरेको पाइन्छ । फोन कति समयमा फुल चार्ज हुन्छ र त्यसको ब्याट्री कति समयसम्म टिक्छ भन्ने कुरामा विशेष ख्याल राख्नुपर्छ ।

५) बिल र आईएमईआई :

आफूले किन्न लागेको फोनको इन्वाइस बिल चेक गर्नुपर्छ । पछिल्लो समय हराएका फोनहरुका कारण धेरै मानिसहरु प्रहरीको झमेलामा परेको बताउने गरेका छन् । त्योबाट बाँच्न फोनको इन्वाइस बिल चेक गर्नुहोस् ।फोन बिक्री गर्ने मानिसलेले बिल हराइसकेको भन्न सक्छन् । तर इन्वाइस बिल नभएको फोन सकेसम्म नकिन्नुहोस् ।

How to find a phone's IMEI number - PhoneArena

फोनको आईएमईआई नम्बर र बिलमा भएको नम्बर राम्ररी हेर्नुहोस् । मोबाइलमा *#06# डायल गरेर फोनको आईएमईआई नम्बर थाहा पाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?