कांग्रेस महाधिवेशन : आज पनि सिंह निवास चाक्सीबारीमा छलफल

लोकपथ
273
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरका नेताहरुले आगामी १४ औँ महाधिवेशनका विषयमा छलफललाई तीव्रता दिएका छन् ।

मंगलबार छलफल गरेका संस्थापइतरका नेताहरुले बिहीबार (आज) पनि छलफलमा जुटेका छन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा नेता सिंहसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी र बलबहादुर केसीलगायतका नेताहरुको उपस्थिती रहेको छ । आजको बैठकमा आगामी महाधिवेशनलाई तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

यसअघि मंगलबार सोही स्थानमा भएको छलफलमा क्रियाशील विवाद रहेका स्थानहरुमा पुरानै क्रियाशील सदस्यहरुको कायम गरी महाधिवेशनको काम अगाडि बढाउन माग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?