डब्लुएचओले भन्यो– ‘विश्वभर फेरि बढ्यो कोरोना संक्रमण’

लोकपथ
234
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को रिपोर्टले विश्वभर कोरोना भाइरसको संक्रमण बढेको देखाएको छ । गत सात दिनमा मात्रै विश्वभर कोभिड–१९ का ४० लाखभन्दा बढी संक्रमित थपिएका छन् ।

बुधबार सार्वजनिक डब्लुएचओ सातागत तथ्यांकले एक महिनाभन्दा बढी समययता संक्रमण बढेको देखाएको छ । खासगरी मध्यपूर्व र एसियामा संक्रमण झनै बढ्दा विश्वभरको संक्रमण दर बढेको हो।

विश्वभरको तुलनामा मृत्यु दर ८ प्रतिशतले घटेको देखिए पनि मध्यपूर्व र एसियामा झण्डै एक तिहाइले मृत्युदर बढेको छ । सबैभन्दा बढी संक्रमण अमेरिका, भारत, इन्डोनेसिया, ब्राजिललगायत १३० भन्दा बढी देशमा रहेको छ ।

सबैजसो मूलुकहरुमा अहिले डेल्टा भेरियन्ट नै प्रमुख रुपमा फैलिरहेको रिपोर्टमा उल्लेख छ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?