११ आश्विन २०७८, सोमवार

स्थानीयवासीलाई आठ करोडको सेयर बाँड्दै मोलुङ हाइड्रो

२०७८,श्रावण,२१,बिहीवार १२:४०


ओखलढुङ्गा । मोलुङ हाइड्रोपावर कम्पनीले स्थानीयवासीलाई करिब आठ करोडबराबरको आठ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । आयोजना आसपासका नागरिकका लागि आठ लाख दुई हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्न लागिएको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ८० करोड २५ लाखको १० प्रतिशत अर्थात् आठ करोड दुई लाख पचास हजारबराबरको सेयर स्थानीय क्षेत्रका प्रभावित बासिन्दालाई बिक्री गर्ने तयारी गरेको सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बताए ।

बाँकी ३४ प्रतिशत अर्थात् २७ करोड २८ लाख पचास हजार रकमबराबरको २७ लाख २८ हजार ५०० कित्ता साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख ३६ हजार ४२५ कित्ता साधारण सेयर सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता साधारण सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको उनले जानकारी दिए ।

बाँकी रहेको २५ लाख ३७ हजार ५०५ कित्ता सेयर सर्वसाधारणका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अधिनमा रही निष्काशन गरिने कम्पनीले जनाएको छ । पहिलो चरणमा निष्काशन हुने आठ करोड बराबरको आठ लाख कित्ताभन्दा बढी सेयर मोलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाका नागरिकका लागि हुनेछ ।

उक्त सेयर खरिद गर्न चाहने नागरिकका लागि बैंकमा डिम्याट खाता अनिवार्य गरिएको छ । ती गाउँपालिका र नगरपालिकाका नागरिकलाई अनिवार्य सेयर खरिद गर्नका लागि आह्वान गरिएको निर्माण कम्पनीका सञ्चालक नवीन महर्जनले बताए । त्यहाँका नागरिकले खरिद गरेका सेयर तीन वर्षसम्म बिक्री गर्न नमिल्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २०७८,श्रावण,२१,बिहीवार १२:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सेयर बजारमा पुन: गिरावट आएको छ । आज (आइतबार) सेयर बजारमा भारी गिरावट आएको छ । आज सेयर

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मानुषी लघुवित्तको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । नेप्सेका अनुसार आज (आइतबार) कम्पनीको

काठमाडौं । कारोबार खुलेको २ घण्टा बित्दा सेयर बजार ५२ अंकले घटेको छ । १ बजार ३० मिनेट जाँदा सेयर

वाग्मती । गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजी

ताजा समाचार

खुले काठमाडौं महानगरका विद्यालय
 २०७८,आश्विन,११,सोमवार ०७:०४
आज ४२औँ विश्व पर्यटन दिवस मनाइँदै
 २०७८,आश्विन,११,सोमवार ०६:५४
हेर्नुहोस् आजको राशिफल
 २०७८,आश्विन,११,सोमवार ०६:४५
प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
 २०७८,आश्विन,१०,आईतवार २२:२४