काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओली नै पार्टी एकताको विरोधी रहेको आरोप लगाएको ।
नेपाल पक्षका नेता मेटमणी चौधरीले ओलीले पार्टी एकता हुन नदिनका लागि २/३ वर्षदेखि नै लागेको आरोप लगाए ।
आज पार्टीको केन्द्रीय कमिटी बैठकअघि बोल्दै नेता चौधरीले सो कुरा बताएका हुन् ।‘आज मुखले भनेपनि नेकपा एमालेलाई एक हुन नदिन सुरुदेखि कम्तीमा दुई तीन वर्षदेखि उहाँ (ओली) लागिसक्नुभएको थियो ।’ नेता चौधरीले भने ।
त्यस्तै ओली नै पार्टी एकताको विरोधी भएको दाबी गर्दै नेता चौधरीले अझै ओलीलाई अध्यक्ष मानेर अघि बढ्न नसकिने जिकिर गरे ।
त्यसैगरी आजको बैठकमा आागमी दिनमा पार्टी कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया