ह्वाट्सएपले ल्यायो नयाँ फिचर : एक पटक हेरेपछि फोटो स्वतः हराउने

लोकपथ
286
Shares

काठमाडौं । ह्वाट्सएपले नयाँ फिचर ल्याएको छ । ह्वाट्सएपले हालै मात्र एपमा ‘डिसएपिएरिङ इमेज’ उपलब्ध गराएको छ ।

यो फिचरमा एक पटक फोटो हेरेपछि आफैँ फोटो हराउने ह्वाट्सएपले जनाएको छ । अब ह्वाट्सएपमा आएका तस्बिर एक पटक मात्रै हर्न सकिनेछ । एक पटक हेरेसँगै उक्त फोटो स्वतः हराउनेछ ।

ह्वाट्सएपले यो फिचरलाई ‘भ्यु वान्स’ नाम दिएको छ । जसमा कसैले पठाएको फोटो एक पटक हेरेसँगै आफैं म्यासेजमार्फत हराउनेछ । त्यसरी पठाएको फोटो डाउनलोडका लागि पनि उपलब्ध हुनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?