सुनको मूल्य स्थिर, चाँदी घट्यो

लोकपथ
572
Shares

काठमाडौं । बिहीबार नेपाली बजारमा छापावाला सुनको मूल्य स्थिर रहेको छ ।

बुधबार सुनको मूल्य ९२ हजार कायम भइ कारोबार भएको थियो । आज सोहि मूल्य कायम भइ कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजावी सुनको मूल्य तोलामा ९१ हजार ५ सय रहेको छ ।

बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदीको मूल्य १ हजार २ सय ८५ रहेकोमा आज मूल्य घटि प्रतितोला चाँदी १ हजार २ सय ७५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?