बंगलादेशमा जन्ती सवार डुंगामा चट्टयाङ लाग्दा १६ जनाको मृत्यु

लोकपथ
117
Shares

काठमाडौं । बंगलादेशमा जन्ती सवार डुंगामा चट्टयाङ पर्दा १६ जनाको मृत्यु भएको छ । भने बेहुलासहित १२ जना घाइते भएको अधिकारीहरुले बताएका छन् ।

सञ्चारमाध्यममा बताइए अनुसार बुधबार बंगलादेशको पश्चिमोत्तर जिल्ला चापाइन्बाबगञ्ज जिल्लाको शिवगञ्ज भन्ने स्थानमा जन्तीहरुमाथि चट्याङ परेको थियो ।

सोही क्रममा अचानक मेघ गर्जनसहित पानी पर्न थालेको थियो । जोखिमलाई मध्यनजर गर्दै डुंगाबाट ओर्लिएर आश्रय लिन लाग्दा उनीहरुमाथि चट्टयाङ लागेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?