पूर्वसभामुख महरा पत्नी सीताको सम्झनामा पार्क निर्माण

लोकपथ
4.2k
Shares

दाङ । पूर्वसभामुख तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य कृष्णबहादुर महरा पत्नी सीता महराको सम्झनामा रोल्पामा स्मृति पार्क निर्माण गरिएको छ ।

दिवंगत सिता महराको नाममा स्थापना गरिएको सिता महरा मेमोरियल फाउन्डेसनले महराको गृहनगर रोल्पा नगरपालिका १ मेबाङमा आकर्षक स्मृति पार्क निर्माण गरिएको फाउन्डेसनका महासचिव केशरमान बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार संघीय सरकारको ३० लाख र बाँकी जनश्रमदानबाट पार्क निर्माण गरिएको हो । दिवंगत सिता महराले रोपेर हुर्काएका आकर्षक फूल लालीगुराँस, चाईनिज टिमुर लगायतका बोटबिरुवाहरुलाई संरक्षण गरेर स्मृति पार्कलाई आकर्षक र मनोरम बनाइएको छ । साथै पार्कमा आकर्षक कला र डिजाईनले पर्यटकको मनै लोभ्याउने गरेको पाइन्छ ।

दिवंगत सिता महराको स्मृतिमा स्थापना गरिएको फाउन्डेसनले थप सामाजिक काम गर्ने पनि बताइएको छ । तात्कालिक जनयुद्धको उद्गम थलो रोल्पामा जनयुद्धका एक कुसल अभिभावक सिता महरा स्मृतिमा निर्माण गरिएको पार्क एउटा मनोरम पर्यटकीय गन्तव्य बनेको स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?