संस्थापनको अवरोधकाबीच आज नेपाल पक्षको बैठक बस्दै

लोकपथ
533
Shares

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक बिहीबार (आज) बस्दैछ ।

राजधानीमा बोलाइएको सो बैठकमा देशभरका केन्द्रीय सदस्यहरु सहभागी हुने नेपाल पक्षले जनाएको छ । बैठकले आफ्नो समूहको भावी रणनीति लगायतका विषयमा धारणा तय गर्ने बताइएको छ ।

यता संस्थापन अर्थात ओली समूहले सो बैठकलाई अनधिकृत भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार कुनै बैठक नराखिएको भन्दै भ्रममा नपर्न नेता कार्यकर्तालाई विज्ञप्तिमार्फत अपील गरेका छन् ।

यसअघि बुधबारका लागि बोलाइएको बैठक स्थगित गरि आजका लागि बोलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?