काठमाडौं । नेकपा एमालेले पार्टीको नामबाट कुनै पनि बैठक नराख्न वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई आग्रह गरेको छ ।
बिहीवारका लागि नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आज एक विज्ञप्ति जारी गर्दै एमाले कार्यलय सचिव शेरबहादुर तामाङले साउन पार्टीको नामबाट कुनै पनि बैठक नराखेको बताउँदै उक्त बैठकमा सरिक नहुन आग्रह गरेका छन् ।
‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नामबाट श्रावण २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । श्रावण २१ गते एमाले केन्द्रीय कमिटीको कुनै पनि बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछु ।’ जारी विज्ञप्तिमा भनिएको छ‘पटक पटक एमालेको नामबाट अनाधिकृत गतिविधि गर्ने र सोको गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरुमा अपील गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया