यसरी रोक्न सकिन्छ कोरोनाको तेस्रो लहर, हेर्नुहोस् जनस्वास्थ्यविद् पाण्डेका सुझावहरु

लोकपथ
3k
Shares

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड(१९) को नयाँ भेरियन्ट भेटिएसँगै तेस्रो लहरको जोखिम बढेको छ ।

सरकारका निकायहरु एवं जनस्वास्थ्यविद्हरुले नेपालमा कोरोनाको तेस्रो लहरको जोखिम न्यूनिकरणमा लाग्नका लागि सुझाव दिएका छन् ।
यसैक्रममा जनस्वाथ्यविद् डा रविन्द्र पाण्डेले कोरोना संक्रमणको तेस्रो लहरबाट बच्नका लागि विभिन्न सुझावहरु दिएका छन् ।

यस्ता छन् डा. पाण्डेका सुझावहरु :

यसरी रोक्न सकिन्छ, कोरोनाको तेस्रो लहर
कोरोना संक्रमण बढ्दो ग्राफमा छ | आजको तथ्यांक हेर्ने हो भने संक्रमितको संख्या ४१०७ छ भने ३५ जनाको दुखद निधन भएको छ | अहिले समुदायमा परीक्षण भएको छैन | कन्ट्याक्ट ट्रेसिंग पनि छैन | सरकारले परिस्थिति विषम आउनुअघिं नै युद्धस्तरमा महामारी नियन्त्रणको लागि बिशेष रणनीति बनाएर कार्यन्वयन गर्नु जरुरी छ | अब हामीसंग ढिलो गर्ने समय छैन | विश्वभर नै डेल्टा प्रजातिको संक्रमण द्रुतगतिमा बढिरहेको छ | छिमेकी देश भारतमा समेत तेस्रो लहरको संकेत देखिएको छ |
अहिले नै कडा कदम नचाल्ने हो भने यो लहरले निकै जनधनको क्षति गर्नेछ | तसर्थ निम्न लिखित उपायहरु स्वास्थ्य तथा गृह मन्त्रालयविच समन्वय गरेर तत्काल गर्नु आबश्यक छ |
१. खोप केन्द्र जनसंख्याको अनुपातमा धेरैवटा बनाएर तीब्रगतिमा खोप लगाउने | खोप केन्द्रमा जनस्वास्थ्यका मापदण्ड पालना गराउन सुरक्षाकर्मीको ब्यबस्था गर्ने | खोप वितरणमा भएको ढिलासुस्ती अन्त्य गर्ने |
२. बालबालिकाको खोप छिटो ल्याउने |
३. कर कार्यालय, यातायात कार्यालयलगायत सेवाग्राहीको चाँप हुने ठाउँमा बैकल्पिक विधिको प्रयोग गरेर जनस्वास्थ्यका मापदण्ड पालना गराउने |
४. भीडभाड हुने ठाउँमा सुरक्षाकर्मी परिचालन गरेर मापदण्ड पालना गराउने |
५. सवारीसाधनमा जनस्वास्थ्यका मापदण्ड अनुगमन तथा निगरानी गरेर मापदण्डमा ल्याउने |
६. फुटपाथ पसललाई खुला ठाउँमा स्थानान्तरण गर्ने |
७. संक्रमित धेरै भएका ठाउँलाई शिल गर्ने | त्यहाँबाट हुने असुरक्षित आवतजावत नियमन गर्ने |
८. सिमाना, पहाडी जिल्ला तथा तराइका गाउँमा एन्टिजेन परीक्षण बढाउने | एन्टिजेन किट हरेक स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा उपलब्ध गराउने |
९. ८७ वटै ल्याबबाट अधिकतम रुपमा पिसिआर टेस्ट गर्ने | सरकारले समुदायमा पिसिआर परीक्षण बढाउने | कन्ट्याक्ट ट्रेसिंगलाई प्रभावकारी बनाउने |
१०. संक्रमितलाई वडा कार्यालय तथा अन्य निकायबाट अनुगमन र निगरानी गर्ने | होम आइसोलेसनको पालना नगर्ने व्यक्तिलाई जरिवाना गर्ने |
११. सरकारी अस्पतालमा अक्सिजन बेड, आइसीयु बेड तथा भेन्टिलेटर थप्ने |
१२. मास्कको प्रयोगलाई प्रभावकारी बनाउने तथा सार्वजनिक स्थलमा निशुल्क उपलब्ध गराउने |
१३. हरेक पसल, कार्यालय तथा अन्य ठाउँमा ‘ नो मास्क : नो सर्भिस ‘ लागु गर्ने |
१४. ५ जनाभन्दा धेरै व्यक्ति संगै हिंड्न नदिने | १५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा मात्र सांस्कृतिक काम गर्ने अनुमति दिने |
१५. आम जनताले सहि तरिकाले नाक र मुख छोप्ने गरि मास्क लगाउने | भौतिक दुरी कायम गर्ने | हातको सफाइ गर्ने | भीडभाडमा नजाने | खुला ठाउँमा मात्र भेटघाट गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?