१. बितेको २४ घण्टामा गरिएको १६ हजार २९८ परीक्षणमा ४ हजार १०७ जना कोरोना संक्रमित थपिए, १५ सय ३५ जना संक्रमणमुक्त, ३५ जनाको मृत्यु, २४ घण्टामा देशभर थपिएका संक्रमितमध्ये एक तिहाइ बढी काठमाडौंका
२. दार्चुला तुइन प्रकरणमा भारतले सार्वजनिक रुपमा माफी माग्नुपर्ने नेता नारायणकाजी श्रेष्ठको माग, संसद् विघटनमा ओली मात्रै दोषी नभएको भनाइ
३. भारतीय पक्षले तुइन चुडाइदिँदा महाकाली नदी तर्दै गरेका नेपाली युवक जयसिंह धामी खसेर बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोली दार्चुलामा पुगेर काम सुरु ग¥यो, कुशको आकृति बनाएर बेपत्ता धामीको हिन्दू संस्कारअनुसार अन्त्येष्टि
४. वीपी प्रतिष्ठानका पदाधिकारीहरुको ध्यान आर्थिक लाभ र कमिसनमा मात्रै रहेको छानबिन प्रतिवेदनको निष्कर्ष, तत्काल छानबिन गरी संलग्नहरुमाथि कारबाही अघि बढाउन सुझाव
५. राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसदहरुद्वारा ट्याक्सीको भाडादेखि भूमिसम्बन्धी आयोग खारेजीसम्मको कुरा उठ्यो, दार्चुलाको तुइन काटिएको विषयमा सरकारले भारतीय पक्षकै पक्षपोषण गरेको भन्दै चर्को आलोचना
६. राष्ट्रपति भवनको सुविधाका लागि अधिग्रहण गरिएको प्रहरी प्रशिक्षण प्रतिष्ठानको जमिन फिर्ता दिलाउन नेपाल प्रहरीका १४ जना पूर्वप्रहरी महानिरीक्षकहरूद्वारा प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र, प्रहरी प्रशिक्षण प्रतिष्ठानको जमिन फिर्ता दिलाउन अनुरोध
७. नागरिकताविहीन नेपालीहरुद्वारा काठमाडौंको माइतीघरमा प्रदर्शन, सरकारसँग प्रश्न, ‘हामीले नागरिकता कहिले पाउने ?’
८. स्मार्ट सवारी चालक अनुमतिपत्र टेन्डर गर्ने पदाधिकारीमाथि छानबिन गरी कारबाही गर्न संसदको विकास तथा प्रविधि समितिको निर्देशन, सवारी दुर्घटना बढेको भन्दै ७ वटै प्रदेशमा सवारी चालक तालिम केन्द्र खोल्न सुझाव
९. जाजरकोटको जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीले दाम्लोले बाँधेर युवालाई कुटे, प्रहरीको रोहबरमा मिलापत्र र घटनाको ढाकछोप, भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि कारकाहीको माग
१०. कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज साउन २२ गतेदेखि देशैभर लगाइँदै, पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज लगाउनुपर्ने भन्दै सोबमोजिम व्यवस्था गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई स्वास्थ्य मन्त्रालयको अनुरोध
११. सरकारले जुनसुकै ठाउँमा पठाए पनि जान तयार रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको भनाइ, भन्छन्, आफ्नो क्षेत्रसँग जोडिएको जुनसुकै क्षेत्रमा पठाए पनि काम गर्छु
१२. घाटामा सञ्चालित सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने गरी नीति बनाउन अर्थमन्त्रीको निर्देशन, नेपाल सरकारको छ सय अर्ब लगानी रहेको सार्वजनिक संस्थानहरुले ३० हजार रोजगारी पनि सिर्जना गर्न नसकेकोमा प्रश्न
१३. आर्थिक संटक चुलिँदै गएको पाकिस्तानमा प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुने, अर्थव्यवस्थालाई सही ठाउँमा ल्याउन सरकारी खर्चमा व्यापक कटौती
१४. भारतको दिल्लीस्थित एक क्लिनिकबाट किनेर औषधि खाएलगत्तै दुुई नेपाली बालबालिकाको मृत्यु परिवारद्वारा प्रहरीमा उजुरी
१५. र, क्रिकेटबाट आफू नटाढिएको बरु फरक भूमिकामा रहेको राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काको स्पष्टोक्ति, राम्रो अवसर पाए राजनीतिमा आउने उद्घोष
https://www.facebook.com/lokpath/videos/548404652949159
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया