काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अहिले हिडिरहेको मार्गबाट मुलुक शान्ति, स्थायित्व र समृद्धितर्फ नजाने त्यसको निमित्त वैकल्पिक मार्ग आवश्यक भएको बताएका छन् ।
पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको भर्चुअल बैठकमा बोल्दै अध्यक्ष थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाइदिएको भारी भएको बताए।
नेपालको राष्ट्रिय राजनीतिमा राप्रपालाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको रुपमा राप्रपालाई स्थापित गराउने भन्दै थापाले गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विकल्पमा राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र र स्थानीय स्वायत्त शासनमा आधारित विकेन्द्रीत शासन प्रणाली मुलुकको निमित्त आबश्यक भएको दाबी गरे ।
स्पष्ट विचार र अलग पहिचान स्थापित गर्न लागिपरेका सिद्धान्तनिष्ठ नेतारकार्यकर्ता पार्टीको पुँजी भएको भन्दै थापाले इमानदारीतापूर्वक निर्बाचन केन्द्रित हुन कार्यकर्ताहरुलाई आग्रह गरे । विदेशी हस्तक्षेप र प्रभावलाई रोक्न स्वाधीनताको रक्षाको निमित्त राप्रपा बलियो हुन अपरिहार्य भएको थापाको तर्क थियो । आजको भर्चुअल बैठकमा गण्डकी सहित प्रदेश ५, ६ र ७ प्रदेशका जिल्ला अध्यक्षहरुको सहभागीता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया