युट्युबले च्यानल निर्मातालाई मासिक १२ लाख रुपैयाँ दिने

लोकपथ
273
Shares

टिकटकको बढ्दो प्रभुत्वलाई चुनौती दिन युट्युबले ल्याएको सर्टस् फिचरले आफ्ना प्रयोगकर्तालाई मासिक १२ लाख रुपैयाँसम्म दिने घोषणा गरेको छ ।

युट्युबले सर्टसमा आकर्षक र मौलिक किसिमका छोटो भिडियो बनाएर अपलोड गर्ने प्रयोगकर्तालाई मासिक न्यूनतम १ सय डलर (११ हजार ८ सय रूपैंया) देखि १० हजार डलर (११ लाख ८० हजार रुपैयाँ) दिने घोषणा गरेको छ ।

सन् २०२०–२०२१ का लागि युट्युबले वितरण गर्न १० करोड डलर ( ११ अर्ब ८० करोड रुपैयाँ) को कोष स्थापना गरेको छ । ‘युट्युब सर्टस् फन्ड’ यो रकम सन् २०२०–०२१ को अवधिमा राम्रो सर्टस् भिडियो निर्माण गर्ने च्यानललाई दिइने छ । युट्युबले उत्कृष्ट सर्टस् निर्माण गर्ने च्यानललाई प्रत्येक महिना वितरण गर्ने छ । यसका लागि च्यानलले आफ्नो सर्टसलाई यो सूचीमा राख्न आवेदन दिनु पर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?