हितेन्द्रदेव शाक्य भन्छन्- ‘सरकारले जुनसुकै ठाउँमा पठाए पनि जान तयार छु’

लोकपथ
468
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई सरकारले जहाँसुकै पठाए पनि जान तयार रहेको बताएका छन् ।

बुधबार प्राधिकरणमा पत्रकारहरुसँग कुरा गर्दै कार्यकारी निर्देशक शाक्यले आफूलाई सरकारले अरु जिम्मेवारी दिन सकिन्छ कि भन्ने सन्दर्भमा सोधेको जानकारी दिदैँ उनले आफ्नो आवश्यकता महसुस गरेर सरकारले जहाँ पठाए पनि आफू तयार रहेको जवाफ दिएको बताएका हुन् ।

उनले आफू इन्जिनियरिङ क्षेत्रको मान्छे भएकाले सम्बन्धित क्षेत्रसँग जोडिएको जुनसुकै ठाउँमा पठाएपनि काम गर्ने बताए । उनले भने– ‘मलाइ अब अरु कुनै जिम्मेवारीहरु दिन सकिन्छ कि भनेर सोध्नुभएको हो । मैले चाहीँ मेरो आवश्यकता महसुस गरेर सरकारले जहाँसुकै पठाए पनि म तयार छु भन्या छु । म जागिर खाएको सुरुको दिनदेखि इन्जिनियरिङमा स्वावलम्बि, इन्जिनियरिङमा आफूमै भर पर्ने, विदेशी परामर्शदातामा भर नपर्ने भनेर पहिलो दिनदेखि नै विदेशी टेक्निसियनमा भर नपर्ने भनेर लागिरहेको हो । टेक्निकल मेरो फिल्ड होस् । प्लानिङ पनि गर्छु । धेरैवटा प्लानिङ गरेको छु । आफ्नो क्षेत्रसँग जोडिएको जुनसुकै क्षेत्रमा पठाए पनि काम गर्छु ।’

कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अवधिभर कोरोना संक्रमणका कारण लकडाउन भएको भए पनि विद्युतमा कुनै समस्या नहुने गरी काम गरेको बताए । अघिल्लो वर्षभन्दा यस वर्ष कम नै विद्युत आपूर्ति रोकिएको उनले बताए । अस्पतालहरुलाई विद्युत नजाने गरी बस्दोबस्त मिलाएको तथा गइहालेमा पनि तुरुन्तै सञ्चालनमा ल्याएको उनले स्पष्ट पारे ।

यसबीचमा ढल्केबर ४०० केभि सबस्टेसनलाई नेपाल भारत ४०० केभीमा सञ्चालनमा ल्याएको, खिम्ती ढल्केवर २२० केभि सञ्चालन गरेको, अपर तामाकोशीको कामलाई अगाडि बढाएको, पूर्ण विद्युतीकरण भएका जिल्लाहरुमा १३ जिल्ला थपेको तथा कर्णाली अञ्चलमा पहिलोपल्ट ७ ग्रिडको विद्युत पुर्‍याएको उनले बताए ।

शाक्यले यो वर्ष १५ प्रतिशतले खपत बढेकाले चुहावट पनि बढेको बताए । घर-घरमा पुगेर अनुगमन गर्न नसक्दा र हुकिङ तार हटाउन जान नसक्दा १ दशमलव ६ प्रतिशत चुहावट बढेको उनले बताए यो । आगामी दिनमा प्रशारण लाइन र वितरण लाइनमा जोड दिइने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?