सेयर बजारमा उछाल : नेप्से १२.०५ अंकले बढ्यो

लोकपथ
39
Shares

काठमाडौं । उच्च कारोबार रकमसहित बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार २६.०२ अंकले बढेर ३१ सय ११ बिन्दुमा पुगेर रेकर्ड राखेको नेप्सेले बुधबार थप १२.०५ अंकले बढेर ३१ सय २३.१४ बिन्दु कायम गर्न सफल भएको हो ।

बुधबार लगानीकर्ता भने जलविद्युत समूहमा झुम्मिएका छन् । नेप्सेका अनुसार यस दिन पनि जलविद्युत क्षेत्रमा पोजेटिभ भाइव आएसँगै सेयर बजारमा साढे १५ अर्ब माथिको कारोबार भएको छ।

बुधबार कुल कारोबार रकम १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रह्यो । जलविद्युत समूहको परिसूचक ५.८१ प्रतिशतले वृद्धि भएको छ । बुधबार जलविद्युतबाहेक बैंकिङ, विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन र लगानी समूहको परिसूचक हरियो रह्यो ।

अन्य समूहको परिसूचक भने घटेको छ । बुधबार कुल २२५ कम्पनीको १ लाख ४४ हजार ८ सय ८७ वटा कारोबार भएको छ । यसबाट कुल २ करोड ८८ लाख १३ हजार ८ सय ३१ कित्ता सेयर किनबेच भएको छ ।

त्यस्तै अपि पावर कम्पनी, खानीखोला जलविद्युत, दिव्येश्वरी हाइड्रोपावर, कालिका पावर, माथिल्लो तामाकोशीसहितका कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । बुधबार सबैभन्दा बढी गुमाउने कम्पनीमा भने ङ्याग्दी ग्रुप पावर, लक्ष्मी इक्विटी फण्ड, पोखरा फाइनान्सलगायत कम्पनी छन् । यस दिन सबैभन्दा बढी कारोबार भने अपि पावर कम्पनीको भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?