नेपालमा कोरोना : थप ४ हजार १ सय ७ जनामा संक्रमण, ३५ जनाको मृत्यु

लोकपथ
23.3k
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ६७ हजार ९ सय २२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप पीसीआर ११ हजार ३५४, जसमा २ हजार ९ सय ७५ र
एन्टिजेन ४ हजारु ९४४ परीक्षण गर्दा १ हजार १ सय ३२ जनामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार १ सय ७ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६१ हजार ६५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय ५७ पुगेको छ ।

हालसम्म नेपालमा ३९ हजार बढीको कोरोना परीक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?