लुम्बिनी प्रदेश : प्रतिपक्षीले सांसद किनबेच गर्न लागेको एमाले प्रमुख सचेतकको आरोप

लोकपथ
351
Shares

काठमाडौं । लुम्बिनी प्रदेश नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले प्रतिपक्षले सांसद किनबेच र प्रलोभनमा पारेर सत्ता हत्याउने खेलमा लागेको आरोप लगाएका छन् ।

रिपोर्टस क्लव लुम्बिनी प्रदेश कार्यालय बुटवलले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ढकालले प्रतिपक्षले संसद अमर डाँगीलाई डेढ करोडमा बार्गेनिङ गरिएको ठोकुवा गर्दै अर्का सांसद दृगनारायण पाण्डेलाई समेत प्रलोभनमा पारेर एमालेबाट राजिनामा दिन बाध्य पारेको बताए ।

त्यस्तै ढकालले मुख्यमन्त्री संविधानको धारा १६८(२) अनुसार बनेको सरकारबाट मुख्यमन्त्री शंकर पोख्रेलले राजिनामा दिएर एकल बहुमतको सरकार बनाउने बाटोमा १६८(१)अनुसार पुनःपोख्रेललाई मुख्यमन्त्रीमा नियुक्ती भएको बताए । सरकार गठनका लागी हामीसगँँ बहुमतको संख्या रहेको दाबी गर्दै विश्वासको मत लिने बताए । सांसद वलीको अवस्था किन सार्वजनिक हुन सकेको छैन भन्ने पत्रकारको जिज्ञासामा ढकालले भने उहाँ बिरामी भएको र नेपालगञ्ज स्थित अस्पतालमा उपचार भई रेष्टमा रहेको भन्दैे जानकारी दिए ।

त्यस्तै साक्षात्कारमा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक फकुरुद्दीन खाँनले सत्तापक्षले जालझेल गरी सत्ताको आयु बढाउने र अराजक फैलाउने काम गरेको आरोप लगाए ।

सत्तापक्षले सांसद विमला ओलीलाई बन्धक बनाएर राखेको जिकिर गर्दै ओलीको जीवन रक्षाको माग गरे । उनले विपक्षी गठबन्धनमा बहुमत हुदाँ हुदै पनि जर्वजस्ती ढङ्गले मुख्यमन्त्रीले सपथ खाने काम काम गरे यसले संसदीय परिपाटीको नै खिल्ली उडाएको बताए । त्यस्तै खाँनले विपक्षी गठबन्धनको बहुमत संख्या पुगेको दाबी गर्दै अविश्वासको प्रस्ताव पेस गरेको जानकारी दिए ।

त्यस्तै साक्षात्कार कार्यक्रममा बल्दै जनता समाजबादी पार्टी जसपा दलका नेता सहसराम यादबले अल्पमतमा रहेको सरकारले बिश्वासको मत लिन डराएर, संसदबाट भागेको आरोप लगाए ।

यादवले सत्ताको दम्भमा सांसदलाई प्रलोभनमा पारी विभाजित गर्ने काम गरेको बताए ।

सोही कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले मुलुकका अन्य संसदीय अभ्यासमा कहिँ नभएको गलत कार्य गर्दै नैतिकता आधारमा सरकारले निकास दिनुपर्ने जिकिर गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?