पूर्वप्रधानमन्त्री खनालको मिर्गौला प्रत्यारोपण सफल

लोकपथ
364
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

स्वास्थ्यमा समस्या आएसँगै भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत खनालको बुधवार मिर्गौला प्रत्यारोपण सफल भएको हो ।

त्यसबारेमा जानकारी दिँदै खनालको सचिवालयले सर्जन डा. सन्दीप गुलरिया नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिएको छ ।

हाल उनको अवस्था सामान्य रहेको र थप स्वास्थ्य लाभपछि नेपाल फर्किने सचिवालयले जनाएको छ ।
कोरोना संक्रमण समेत भएका नेता खनालको स्वास्थ्यमा समस्या देखिएसँगै गत असार २ गते नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?