सरकार र वीपी प्रतिष्ठानबीच ६ बुँदे सहमति, तत्कालका लागि आन्दोलन स्थगित

लोकपथ
14
Shares

काठमाडौं । सरकार र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच ६ बुँदे सहमति भएको छ ।

बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको हो । सहमतिसँगै जारी आन्दोलनका कार्यक्रमहरु रोकिएका छन् ।

पत्र बुझाउँदै संघर्ष समितिक सहसंयोजक डा. विष्णु पोखरेलले प्रतिष्ठानमा देखिएका वेथिति, अनियमितताका सन्दर्भमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरिने बताए ।

साथै उक्त सहमतिसँगै प्रतिष्ठानमा जारी शुद्धीकरणको आन्दोलन हालका लागि स्थगित भएको छ ।

मन्त्रालयमा पत्र बुझाउनका लागि संघर्ष समितिका तर्फबाट संयोजक डा. एसपी रिमाल, सह-संयोजक डा. विष्णु पोखरेलसहित १२ जना रहेका थियो । भने मन्त्रालयका तर्फबाट संयोजक कृष्णप्रसाद पौडेल रहेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?