श्रावण महिनामा हरियो सागपात किन नखानु भनिएको होला ?

लोकपथ
6.2k
Shares

हरियो सागपात खानका लागि जसले पनि विशेष रूपमा सिफारिस गर्ने गर्छन् । हुन पनि सागको फाइदा धेरै भएको कारणले पनि यसलाई खानामा अनिवार्य रूपमा समावेश गर्नु, नियमित खाने गर्नु भनिएको हो । तर बर्षात्को मौसममा भने हरियो सागपात खानु भनेर कमै भनिने गरिन्छ वा सुनिन्छ । सकभर बर्षात्को मौसममा हरियो सागपातलाई नखानु नै भनिन्छ ।

आयुर्वेदको अनुसार बर्षात्को मौसममा हरियो सागसब्जी खानाले शरीरमा विकारको मात्रा बढ्छ भन्ने छ । यो बाहेक यो मौसममा हरियो सागपातको सेवनले विभिन्न किसिमका बिमारीहरू हुन्छ समेत भनिन्छ । आखिर बर्षात्को मौसममा हरियो सागपात खानलाई किन हुदैंन भनिएको होला यो कुराको जानकारी सबैलाई नहुन पनि सक्छ ।

बर्षात्को मौसममा वातावरण ओसिलोपन बढी भएको हुन्छ । ओसिलोपन बढी भएको मौसममा ब्याक्टेरिया र अन्य जीवाणुहरूको प्रजनन गर्ने सही समय मानिन्छ । यस्ता साना किसिमका जीवाणुहरूले आफ्नो प्रजनन कार्य हरियो सागपातहरूमा गर्ने गर्छन् । त्यसै कारणले बर्षात्को मौसममा हरियो सागपातजन्य खानेकुराहरू सकभर नखानु नै भनिएको हो । अनुसन्धान अनुसार बर्षात्को मौसममा पालुङ्गो, मेथीको साग, रायोको साग, बन्दागोवी जस्ता पात जन्य खानेकुराहरूमा जीवाणुहरूले अत्यधिक प्रजनन गर्ने गरेको पाइएको छ ।

बर्षात्को समयमा जीवाणु र कीटाणुहरूलाई प्रजनन गर्ने उचित समय भएको कारण तिनीहरूले यस्ता किसिमका तरकारीहरूमा आफ्नो अण्डालाई सुरक्षित रूपमा पार्ने गर्छन् । यस्ता अण्डाबाट निस्केको बच्चाले पातमै रहेको पोषक तत्त्व खाएर आफूलाई हुर्काउने समेत गर्छ । त्यसैले बर्षात्को मौसम वा श्रावण महिनामा हरियो सागपात नखानु भनिएको हो ।

आयुर्वेदका अनुसार बर्षात्को मौसममा कम खानेकुरा खानु समेत भनिन्छ । बर्षात्को मौसममा जसले कम खानेकुरा खान्छ उसैको शरीर फुर्तिलो हुने गर्छ । यो मौसममा धेरै खाने मानिसहरूमा पेटको समस्या बढी देखिने गर्छ । त्यसैले श्रावणको महिनामा व्रत बस्ने चलन बढी भएको हो । १२ घण्टाको व्रत बस्दा शरीरमा रहेको काम नगाल्ने पुराना कोशिकाहरू हट्दै जाने नयाँ कोशिकाहरू पैदा हुने गर्छ ।

व्रतलाई कतिपयले धार्मिक दृष्टिकोणले व्याख्या गर्ने हुनाले पनि यसप्रति विश्वास नभएको देखिन्छ । जुनसुकै दृष्टिकोण राखेर व्रत बसेमा यसले हाम्रो शरीरको हार्मोनहरुलाई सन्तुलनमा ल्याउनुका साथै शरीरमा काम नलाग्ने कोशिकाहरूलाई नष्ट गर्छ । नियमित रूपमा व्रत बस्ने गरेमा शरीरमा मेटाबोलिजमको मात्रा बढ्छ र यसले रोग प्रतिरोधी क्षमताको विकास गर्नुका साथै हाम्रो शरीरको अनावश्यक मोटोपनलाई समेत कम गर्छ ।

बर्षात्को मौसममा हरियो सागपातको सेवन गर्दा कतिपयको पाचन तन्त्रमा नकारात्मक असर समेत गर्छ । जसको कारण झाडापखाला, एसिडिटी, पेट दुख्ने किसिमका समस्याहरू हुन सक्छ । पेटका विभिन्न किसिमका समस्याहरूलाई समाधान गर्न यो मौसममा व्रत बस्नु राम्रो मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?