जयसिंह धामी प्रकरणबारे नारायणकाजी श्रेष्ठको आक्रोश : ‘भारतले नेपाल र नेपाली जनतासँग माफी माग्नुपर्छ’

लोकपथ
247
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतले दार्चुलाका जयसिंह धामीको प्रकरणमा भारतले नेपाल र नेपाली जनतासँग माफी माग्नुपर्ने बताएका छन् ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य श्रेष्ठले भारतीय पक्षले तार काटेको कारण नै जयसिंह महाकालीमा खसेको बताउँदै सार्वजनिक रुपमा माफी माग गर्न माग गरेका हुन् ।

‘भारतीय पक्षले तुइन काटिदिएको कारण जयसिंह धामी महकालीमा बेपत्ता भएका हुन् । म यसप्रकारको उत्पीडनकारी र कु्रर कार्यको निन्दा घोर भर्त्सना गर्दछु । यसका निम्ति भारतले अभिवलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्न माग गर्दछु ।’ श्रेष्ठले भने ।

त्यसैगरी जयसिंह धामीको प्रकरणमा सरकारले भारतीय पक्षसँग तत्काल कुटनीतिक तबरले वार्ता गरि समस्याको समाधानका लागि समेत आग्रह गरेका छन् ।

‘दोषी व्यक्तिहरुमाथि तत्काल कारबाही गर्न माग गर्दछु । साथै अबका दिनहरुमा यस किसिमका हेपाहा र उत्पीडनकारी कार्य अन्त्य गर्न र नदोहोर्याउन माग गर्दछु ।’ उनले भने- ‘यस सन्दर्भमा नेपाल सरकारले छानबिन समिति बनाएर परिपक्क, कुटनीतिक तबरले यो समस्याको समाधान गरौँ र आवश्यक पर्दा जे कदम चाल्न पर्छ सबै कदम चाल्न पनि दृढता व्यक्त गर्दछु ।’

बैठकमा बोल्दै श्रेष्ठले वर्तमान सरकार अघिल्लो सरकार भन्दा परिवर्तन हुनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?