मोरङमा ९ वर्षीया बालिका बलात्कृत

लोकपथ
161
Shares

मोरङ । मोरङमा ९ वर्षीया बालिका एक बलात्कृत भएकी छिन् ।

ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका– ३ बस्ने २५ वर्षीय हिमाल श्रेष्ठ पक्राउ परेका हुन् ।

श्रेष्ठले ती बालिकालाई जबरस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गछीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?