काठमाडौं । नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरेर रामेछापको मन्थलीमा रहेको स्वास्थ्य चौकीमा विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको पहलमा मन्थली नगरपालिका अन्तर्गत वडा नम्बर ९ को पुरानागाँउ स्थित एक स्वास्थ्य चौकी र एक उपस्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।
स्वास्थ्य सामग्रीहरुमा मास्क, पीपीइ, फेससिल्ड लगायत रहेका छन् । स्वास्थ्य सामग्री जुटाउन समितिकी सदस्य एन्जिला न्यौपानेको सक्रिय सहभागिता रहेको बताइएको छ । स्वास्थ्य सामग्री वितरण कार्यक्रममा नेपाली कांग्रेस पुरानागाँउ–काठमाडौं सम्पर्क समितिका सभापति टासी लामा स्थानीय नेता टिकाराज आरण लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया