क्रियाशील सदस्यता विवादबारे छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक बस्दै

लोकपथ
325
Shares
kbflwsf/L a}7s sf7df8f}F, !@ ;fpg . g]kfnL sfFu|];sf] kbflwsf/L tyf k”j{ kbflwsf/Lsf] a}7s dªunaf/ a’9fgLns07l:yt ;efklt lgjf;df a:g] qmddf . ;fydf ;efklt Pj+ k|wfgdGqL z]/axfb’/ b]pjfnufot . t:jL/M /f;;

काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताहरुको बैठक बस्दैछ । क्रियाशील सदस्यता विवाद समाधान समितिले गठन गरेको सभापतिसहित शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बस्ने विवाद समाधान क्रियाशील सदस्यता समाधानका विषयमा छलफल हुने कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले लोकपथलाई जानकारी दिए ।

‘आजको बैठकमा क्रियाशील सदस्यता विवाद समाधानका लागि छानबिन समितिले दिएको प्रतिवदेनमाथि छलफल हुनेछ । बैठकमा पार्टी सभापतिसहित अन्य नेताहरुको समेत सहाभागिता हुनेछ ।’ महामन्त्री खड्काले भने ।

आजको बैठकमा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु रमेश लेखक र डा. मिनेन्द्र रिजालको समेत सहभागी हुनेछ ।

देशभरको क्रियाशील सदस्यता विवाद समाधानका लागि केन्द्रीय सदस्य लेखकको संयोजकत्वमा ५ जनाको छानबिन समितिले प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको आधारमा विवाद समाधान गर्न समितिले शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको छ । सोही अनुसार शीर्ष नेताहरुले छलफल गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?