सिरहामा चार वर्षीया बालिकामाथि यौन दुर्व्यवहार

लोकपथ
52
Shares
तस्वीरःगूगल

सिरहा । सिरहामा चार वर्षीया एक बालिका यौन दुर्व्यवहार शिकार भएकी छिन् ।

ती बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा भगवानपुर गाउँपालिका–१ बस्ने २६ वर्षीय आनन्द कुमार पासवान पक्राउ परेका हुन् ।

पासवानले ती बालिकालाई यौन दुर्ब्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?