कैलालीमा १४ वर्षीया बालिकामाथि बलात्कार, एक जना पक्राउ

लोकपथ
247
Shares

कैलाली । कैलालीमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका–६ धर्मापुर कटान बस्ने ३६ वर्षीय धरमविर चौधरी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार चौधरीले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको थिए ।

उक्त बलात्कार घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?