ब्राउन सुगरसहित एक जना पक्राउ

लोकपथ
112
Shares

झापा । झापामा लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरिएको छ ।

गौरादह नगरपालिका १ गौरादह बजारबाट ब्राउन सुगरसहित ३७ वर्षीय कृष्णकुमार ताजपुरिया पक्राउ परेका हुन् ।

मंगलवार दिउँसो ३ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे ७ प ६७६७ नम्बरको मोटरसाईकलमा सवार ताजपुरियालाई चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर ६ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

उनले गौरादह २ का ३९ बर्षीय सुमन कुमार कार्कीबाट खरिद गरेको भनि प्रहरीलाई बयान दिएसँगै खोजतलासी गर्दा कार्कीको घरकोठा भित्र लागूऔषध ब्राउन सुगर ३० ग्राम फेला परेको छ । कार्की फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?