नेप्से परिसूचक ३१०० बिन्दु कट्यो

लोकपथ
63
Shares

काठमाडौं । शेयर बजार परिसूचक नेप्सेले मंगलबार ३१०० को कीर्तिमानी बिन्दु पार गरेको छ । नेप्सेले ३१०० बिन्दु पार गरेको नेपालको शेयर बजारको इतिहासमा पहिलो पटक हो ।

सोमबार र आइतबार सामान्य बढेको नेप्से मंगलबार २६.०२ अङ्कले बढेर ३,१११.०९ विन्दुमा पुगेको हो ।

मंगलबार दुई सय २३ कम्पनीका दुई करोड ११ लाख कित्ता शेयर ११ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको ४६ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

यस्तै, पाँचथर पावर कम्पनी, घलेम्दी हाइड्रो, रुरु जलविद्युत्, जीवन विकास लघुवित्त र युुनियन लाइफको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि युनिलिभर नेपाल कम्पनीको शेयर झन्डै चार प्रतिशतले घटेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?