डलर साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर (सूचीसहित)

लोकपथ
315
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवारका लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ ।

जस अनुसार आजका लागि अमेरिकी मुद्राको खरिददर ११८ रुपैयाँ ५६ पैसा तोकेको छ भने बिक्रीदर ११९ रुपैयाँ १६ पैसा तोकेको छ । यस्तै युरोपियन युरोको खरिददर १४० रुपैयाँ ९७ पैसा र बिक्रीदर १४१ रुपयाँ ६९ पैसा तोकेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७० पैसा र बिक्रिदर ८८ रुपैयाँ १५ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङको खरिददर १६५ रुपैयाँ १५ पैसा र बिक्रिदर १६५ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७७ पैसा कायम भइ कारोबार भइरहेको छ ।

हेर्नुहोस् आजको विनिमयदर सूचीसहित :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?