टोकियो ओलम्पिक: ब्राजिल लगातार तेस्रो पटक फाइनलमा, स्वर्ण पदकको लागि स्पेनसँग भिड्ने

लोकपथ संवाददाता
1.5k
Shares
Tokyo 2020 Olympics – Soccer Football – Men – Semifinal – Mexico v Brazil – Ibaraki Kashima Stadium, Ibaraki, Japan – August 3, 2021. Richarlison of Brazil and teammates celebrate during a penalty shootout REUTERS/Edgar Su

काठमाडौं । जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबल विधातर्फ दुई बलिया टोली ब्राजिल र स्पेन फाइनलमा पुगेका छन्।

मंगलवार खेलिएका सेमी फाइनल खेलमा मेक्सिको अण्डर-२३लाई पेनाल्टी शूटआउटमा पराजित गर्दै ब्राजिल लगातार तेस्रो पटक ओलम्पिक फुटबल फाइनलमा पुग्न सफल भएको छ। पछिल्ला १० खेलमा अपराजित रहेको सन् २०१२ को उप-विजेता तथा सन् २०१६ को स्वर्ण पदक विजेता ब्राजिललाई फाइनलमा स्पेनको चुनौती भने कठिन हुनेछ।

घरेलु टोली जापान अण्डर-२३लाई अतिरिक्त समयमा पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल स्पेनलाई शुरुदेखि नै यस पटकको दावेदार टोली मानिएको थियो।

 

सेमी फाइनलको नतिजा

मेक्सिको अण्डर-२३ १-४ ब्राजिल अण्डर-२३

स्थान: काशीमा स्टेडियम
९० मिनेट: ०-०
अतिरिक्त समय: ०-०
पेनाल्टी शूटआउट: १-४

 

जापान अण्डर-२३ ०-१ स्पेन अण्डर-२३

स्थान: साइटामा स्टेडियम
९० मिनेट: ०-०
अतिरिक्त समय: ०-१
(मार्को एसेन्सियो, ११५ मिनेट)

अब स्वर्ण पदकको लागि ब्राजिल र स्पेन अगस्ट ७, शनिवार आमने सामने हुनेछन् भने काश्य पदक खलेमा जापान र मेक्सिकोले अगस्ट ६, शुक्रवार प्रतिस्पर्धा गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?