कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने

लोकपथ
203
Shares

काठमाडौं । कक्षा १२ को परिक्षा तोकिएकै मितिमा हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने बताए । उनले बाहिर परिक्षा स्थगित भयो भन्ने खालको प्रचार भएको भन्दै उक्त हल्ला निराधार भएको बताए ।

साउन ३१ गते देखि जनस्वास्थ्यका मापदण्ड पालना गरि परीक्षा सम्पन्न हुने भएकोले सवै विद्यार्थीलाई बाहिरी हल्लाको पछि नलागी परीक्षाको तयारी गर्न उनले आग्रह गरे । अध्यक्ष पौडेलले परीक्षाको तयारी भइरहेको र परीक्षा कुनै कारण देखाएर नरोकिने समेत स्पष्ट पारे ।

गत जेठ महिनामा हुनुपर्ने १२ कक्षाको परीक्षा कोरोना संक्रमणको कारण हालसम्म हुन सकेको छैन । कोरोना संक्रमण बढेका कारण पुनः निषेधाज्ञामा कडाइ भई परिक्षा सर्ने हो कि भन्नेमा विद्यार्थीहरु चिन्तित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?