काठमाडौं । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती कर्मचारीको पदस्थापन, सरुवा तथा काज सम्बन्धमा पहिलो सम्बोधन गर्न बनेको विधेयक २०७८ र प्रदेश नीति तथा योजना आयोग (गठन र कार्य सञ्चालन) चौथो संशोधन २०७८ को अध्यादेश स्वीकृत गरेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले काठमाडौंको कीर्तिपुर नगरपालिका र चीनको हुवेयी प्रान्तस्थित हुवाङगाङ सहरबीच भगेनी सम्बन्ध स्थापित गर्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
बैठकले बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत चालू आव २०७८÷७९ भित्र २८३ अस्थायी दरबन्दीको कर्मचारीको पदस्थापना गर्न स्वीकृत समेत प्रदान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया