के-के छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ?

लोकपथ
5.7k
Shares
sf7df8f}F, @( c;f/ M k|wfgdGqL z]/axfb’/ b]pjfsf] g]t[Tjsf] ;/sf/sf] d+unaf/ l;+xb/af/l:yt k|wfgdGqL sfof{nodf /flt a;]sf] klxnf] dlGqkl/ifb a}7ssf] lg0f{o ;’gfpg’x’Fb} g]kfn ;/sf/sf k|jQmf Pjd sfg’g, Gofo tyf ;+;bLo dfldnf dGqL 1fg]Gb|axfb’/ sfsL{ . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौं । मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

सरकारले भूमिसम्बन्धि समस्या समाधान आयोग खारेज गरेको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको सो आयोग खारेज गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय पनि सरकारले गरेको छ । आचरण विपरित काम गरेकाले महाप्रबन्धक भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यसैगरी सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीसहित सदस्यहरुमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गरेको छ । बैठकले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र अतिथि सम्पादक गोपाल खनालले पदबाट दिएको राजीनामा पनि स्वीकृत गरेको प्रवक्ता कार्कीले बताए ।

त्यसैग्री सरकारले कोभिड नियन्त्रणका लागि एडीबीले दिएको करिब २३ अरव ५८ करोड ऋण सहायता स्विकार गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी राष्ट्रिय चिकित्सा शिक्षा पहिलो संशोधन नियमावली –२०७८ पनि स्वीकृत गरिएको छ । मन्त्रीपरिषद बैठकले नेपाल प्रशासन सेवाको समूहीकरण क्लष्टर तर्फ राजपत्रांकित विशिष्ट श्रेणी पदमा सहसचिव हरिप्रसाद मैैनालीलाई बढुवा गरी अतिरिक्त समूहमा पदस्थापन गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले बताए ।

सरकारले राष्ट्रिय विभुषण छनौट समितिमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकूलपति भूषण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्ट्रार गोविन्दप्रसाद शर्मा, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, उद्योगी कुशप्रसाद मल्मी, इन्जिनियर ओमप्रकाश महतो र नेपाली सेनाका उपकाश प्राप्त उपरथी नरबहादुर कँडेललाई नियुक्त पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?