नेपाल एयरलाइन्सका महाप्रबन्धक पौडेलको स्पष्टोक्ति : ‘कुनै पार्टी कमिटीमा आवद्ध छैन’

लोकपथ
143
Shares

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का महाप्रबन्धक डिमप्रसाद पौडेलले आफू कुनै पार्टीमा आवद्ध नभएको स्पष्ट पारेका छन् ।

आफू नेपाल एयरलाइन्सको महाप्रबन्धकमा नियुक्त भएपछि कुनै पनि पार्टीको कमिटी र जनवर्गीय संगठनमा समेत नरहेको स्पष्ट पारेका हुन् ।

आज सामाजिक सञ्जालमा लेख्दै महाप्रबन्धक पौडेलले सो कुरा बताएका हुन् ।

‘नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी सम्हाले पछी म कुनै पनि पार्टीको कुनै पनि कमिटीको आवद्दता तथा पद स्विकार नगरेको र यो पदमा रहुन्जेल कुनै पनि पार्टी वा त्यसको जनबर्गिय संगठनमा आवद्द नहुने ब्योहोरा सबैको जानकारीको लागि सादर अनुरोध छ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?