रेल्वे कम्पनीका महानिर्देशक भट्टराईसँग सरकारले माग्यो स्पष्टीकरण

लोकपथ
567
Shares

काठमाडौं । सरकारले रेल्वे कम्पनीका महानिर्देशक गुरु भट्टराईसँग स्पष्टीकरण माग गरेको छ ।

आज बसेको मन्त्रीपरिषद् बैठकले रेल्वे कम्पनीका महानिर्देशक भट्टराईसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

पछिल्लो समय रेल्वे कम्पनीले विभिन्न ठेक्कापट्टामा चलखेल गरेको गुनासो सुनिँदै आएको भन्दै सरकारले स्पष्टीकरण सोधेको हो ।

त्यसैगरी आजको बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको छ ।

त्यसैगरी विदेशी उत्पादन कम्पनीहरुलाई उत्पादनको अनुमती दिने निर्णय समेत आजको बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?