प्रहरीको सक्रियता : विभिन्न समयमा चोरी भएका २३ वटा मोटरसाईकल धनीलाई हस्तान्तरण

लोकपथ
273
Shares

काठमाडौं । ट्राफिक प्रहरीले विभिन्न समयमा चोरी भई भेटिएका २३ वटा मोटरसाईकल सम्बन्धित धनीलाई बुझाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार विभिन्न समयमा चोरी भई भेटिएका २३ वटा मोटरसाईकल आफ्नै कार्यालयमा सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको हो । लकडाउनपछि खोजी गरि भेटिएका मोटरसाईकलहरु आज सम्बन्धित सवारी धनीलाई बुझाइएको एसएसपी जनक भट्टराईले जानकारी दिनु भयो । हस्तान्तरण गरिएका २३ मध्ये १२ वटा पल्सर मोटरसाईकल र ११ वटा अन्य कम्पनीका रहेका छन । एसएसपी भट्टराईले आफूहरु सवारी साधन चोरी हुनै नदिने अभियानमा लागि परेको पनि बताउनु भयो । सकेसम्म चोरी नै हुन नदिने, भए तत्काल खोजी सम्बन्धित सवारी धनीलाई बुझाउने आफूहरुको अभियाननै रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाले १५ दिन अघि पनि ५० वटा चोरी भएका मोटरसाईकल फेला पारी धनीलाई बुझाएको थियो । एसएसपी भट्टराईले हालसम्म चोरी भएका मोटरसाईकल करि ७० प्रतिशत मात्रै भेटने गरेको पनि जानकारी दिए ।

महाशाखाले हाल काठमाडौं उपत्यका र त्यस वरपरका जिल्लामा मात्रै हराएको मोटरसाईकलको खोजी गर्दै आएको छ । अव भने त्यसको दायरा देशभर पर्‍याउने योजना बनाइएको एसएसपी भट्टराईले बताए । चोरी भएका सबै मोटरसाईकल पत्ता लगाउन पनि यसको खोजीको दायरालाई देशभर बनाउनुपर्ने अवस्था आएको महा बमखाले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?