राप्रपालाई आन्दोलित रुपमा लगिन्छ : कमल थापा

लोकपथ
273
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी दिनमा पार्टीलाई आन्दोलित रुपमा अगाडी बढाउने बताएका छन् । आन्दोलन र अभियानको क्रममा संगठन सुदृढीकरण गर्दै महाधिवेशनलाई केन्द्रमा राख्ने थापाले बताए ।

पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितीको आयोजनामा आज आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै समिती संयोजक समेत रहेका थापाले स्थानीय निकाय निर्बाचनको तयारीलाई तिब्रता दिन समेत थापाले सहभागीहरुलाई आग्रह गरे ।

महाधिवेशन अघि पार्टीको स्थानीय तह गठन,पुनर्गठन र अधिवेशनलाई उच्च प्राथमिकता दिई अघि बढ्नुपर्ने आबश्यकता औल्याउँदै थापाले महाधिवेशन पश्चात् भ्रष्टाचार , सर्वसत्ताबावाद, धर्मपरिवर्तन, बेरोजगारका विषयमा शसक्त आवाज उठाउदै पार्टी आन्दोलित हुने बताए । राप्रपालाई अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउनको निमित्त सबैले शसक्त भुमिका निर्वाह गर्नुपर्नेमा थापाको जोड थियो । महाधिवेशन ,स्थानिय निकाय निर्बाचन र संसदिय निर्वाचन दृष्टिगत गर्दै कार्ययोजना अनुरुप कार्यतालिका बनाएर प्रभाबकारी रुपमा परिचालित हुन थापाको आग्रह थियो । थापाको संयोजकत्वमा केही समय अघि परिचालन समिती गठन भएको थियो । आजको बैठकमा प्रदेश १, २ र बागमती प्रदेशको पार्टीका जिल्ला अध्यक्षहरुको सहभागीता रहेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा केन्द्रीय सचिवालय प्रमुखद्वय ध्रुब बहादुर प्रधान ,भाष्कर भद्रा, प्रदेश अध्यक्षहरु र समितका सदस्यहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?