काठमाडौंमा साउन २७ गतेसम्म निषेधाज्ञा थप, आदेश पत्र जारी गर्दै प्रशासन गर्‍यो यी कुरामा कडाइ

लोकपथ
2.1k
Shares

काठमाडौं । काठमाडौंमा साउन २७ गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले साउन २१ गतेदेखि २७ गतेसम्म निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको आदेशमा साउन २१ गतेदेखि साउन २७ गतेसम्म निषेधाज्ञा जारी रहने उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले एक आदेश जारी गर्दै निषेधाज्ञा अवधिभर सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न प्रतिवन्ध लगाइएको बताएका छन् ।

हेर्नुहोस् आदेश : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?