चाक्सीबारी बैठक : विवादित स्थानमा पुरानै क्रियाशील सदस्यता कायम गर्न पौडेल पक्षको माग

लोकपथ
1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल पक्षले क्रियाशील सदस्यता विवादित रहेका स्थानहरुमा पुरानै क्रियाशील सदस्यताले काम चलाएर अघि बढ्न माग गरेको छ ।

मंगलबार (आज) पूर्व महामन्त्री प्रकाशमान सिंह निवास चाक्सिबारीमा बसेको पौडेल पक्षको भेलाले त्यस्तो माग गरेका हुन् ।

आजको बैठकपछि बोल्दै कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले विवाददित ठाउँहरुमा १३ औँ महाधिवेशनको क्रियाशील सदस्यहरु नै कायम गरेर अघि बढ्ने बारेमा छलफल भएको बताए ।

‘मापदण्ड पुगेका क्रियाशीललाई सदर गरौं। विवादित ठाउँमा १३ औं महाधिवेशनकै क्रियाशीलबाट अधिवेशन गरौं’ । नेता केसीले भने ।

नेता केसीले बारा, सप्तरीलगायत जिल्ला र करिब एक सय वडामा क्रियाशीलबारे विवाद रहेको र तत्काल समाधान नहुने देखिए पूरानै क्रियाशील सदस्यताबाट काम चलाएर अघि बढ्नेबारेमा छलफल भएको बताए ।

आजको बैकमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, केन्द्रीय सदस्यहरु रामशरण महत, अर्जुननरसिंह केसी र डा. मिनेन्द्र रिजाल लगायत नेताहरुको उपस्थिती रहेको थियो ।

त्यसैगरी आजको बैठकमा काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू समेत बैठकमा उपस्थित रहेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?