लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

लोकपथ
143
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

मंगलवार विपक्षी गठबन्धनका ३४ जना सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

३४ सदस्यले संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावलीको १४४ को उपनियम १ बमोजिम मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव प्रदेश प्रमुख समक्ष पेस गरेका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचन समक्ष अविश्वासको प्रस्तावको पत्र बुझाउँदै मुख्यमन्त्रीका रुपमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कूलप्रसाद केसीको नाम लगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?