विद्युत प्राधिकरणमा पुनः कुलमानलाई ल्याउन प्रधानमन्त्रीको निर्देशन

लोकपथ
403
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले घिसिङलाई प्राधिकरणमा पुनः ल्याउनका लागि प्रक्रियाहरु तयार गर्न उर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका हुन् ।

यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशन नियुक्त गरेको थियो । साथै उनको काम उचित नभएको भन्दै देउवा नेतृत्वको सरकारले शाक्यलाई हटाएर पुनः कुलमानलाई ल्याउने तयारी गरेको हो ।

दैनिक १८ घण्टाको लोडसेडिङ अन्त्य गरेका घिसिङको एक कार्यकाल सकिए पनि पुनः नियुक्तीको माग जोडदार रुपमा उठेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?