११ आश्विन २०७८, सोमवार

कडा कारवाहीको चेतावनीसँगै प्रशासनले गर्‍यो काठमाडौं उपत्यकामा सभा सम्मेलन नगर्न आग्रह

२०७८,श्रावण,१९,मंगलवार १६:०८


काठमाडौं । पछिल्ला केही दिनयता कोभिड–१९ को सङ्क्रमणदर बढरिहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ ।

प्रशासनले आज सूचना जारी गर्दै कोरोना सङ्क्रमणको उच्च जोखिम रहेका अवस्थामा पनि सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍यालीजस्ता गतिविधि भइरहेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको हो ।

भीडभाडजन्य गतिविधिले सङ्क्रमणदर अझै बढ्ने र तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्डविपरीत गतिविधि नगर्न प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीद्वारा जारी सूचनामा भनिएको छ ।

सो सूचनामा भनिएको छ, “जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लङ्घन गरी भीडभाडजन्य गतिविधि गरे-गराइएको पाइएमा प्रचलित कानूनबमोजिम कडा कारवाही हुनेछ ।” पछिल्लो समय सङ्क्रमणदर बढ्दै गएपछि अस्पतालहरुमा आइसीयू, भेन्टिलेटरजस्ता आकस्मिक सेवामा शैया भरिन थालेको भन्दै त्यसलाई बढ्न नदिन सबै पक्ष र समुदाय उत्तिकै जिम्मेवार हुनुपर्ने पनि सूचनामा भनिएको छ ।

प्रकाशित मिति: २०७८,श्रावण,१९,मंगलवार १६:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको लागि सभापतिमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । कांग्रेसको १४औँ महाधिवेशन आगामी मंसिर ९ देखि

लक्ष्मी भण्डारी / वीरेन्द्रनगर । महिनावारीका लागि लगाउन नमिल्ने झुत्रोकपडाको जोहो गर्थिन् वीरेन्द्रनगर नगरपालिकाकी ४० वर्षीय मुना गौतम । पुराना

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपालीहरुको महान चाड बडा दशैँको अवसरलाई मध्यनजर गर्दै वर्षाका कारण क्षति भएका

काठमाडौं । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम

ताजा समाचार

कांग्रेस झापाका १५ पालिकामा नेतृत्व चयन
 २०७८,आश्विन,११,सोमवार ०७:५०
यस्तो रहनेछ आजको मौसम
 २०७८,आश्विन,११,सोमवार ०७:४५
खुले काठमाडौं महानगरका विद्यालय
 २०७८,आश्विन,११,सोमवार ०७:०४
आज ४२औँ विश्व पर्यटन दिवस मनाइँदै
 २०७८,आश्विन,११,सोमवार ०६:५४
हेर्नुहोस् आजको राशिफल
 २०७८,आश्विन,११,सोमवार ०६:४५