माधवकुमार नेपालले बोलाए केन्द्रीय कमिटी बैठक

लोकपथ
676
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

नेता नेपालले बधुवारका लागि आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएको एक नेताले जानकारी दिए । उनका अनुसार भोलि बिहान ११ बजे बस्नेछ ।

बुधवारको बैठकमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
सोमवार मात्रै आफू पक्षका स्थायी कमिटीका सदस्यहरुसँग छलफल गरेका नेपालले थप रणनीति तयार गर्नका लागि बैठक आह्वान गरेका हुन् ।

पार्टी एकताको विषयमा छलफल चलिरहँदा नेता नेपालले भने आफूले पार्टीमा अध्यक्ष ओलीसँग समान हैसियत चाहिनुपर्ने अडान राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?