विदेश जाने श्रमिकहरुको समस्या समाधान गर्न सांसद प्रधानको माग

लोकपथ
169
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले विदेश जाने श्रमिकहरु खोप लगाएको प्रमाणित गर्न भीडभाड गर्दै लाइनमा बस्नुपरेको भन्दै त्यसलाई सहज बनाउन सरकार समक्ष माग गरेका छन् ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रधानले त्यसरी लाइनमा बस्ने युवाहरुका लागि टोकनको व्यवस्था गर्न र सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भने– ‘श्रमिकहरु बीचमा ३÷४ बजेदेखि लाइनमा बस्नुपर्ने, तर १२ बजेपछि टोकन छैन भनेर फर्काइदिने । अस्तव्यस्त छ । गाउँबाट आएका धेरै युवाहरु फ्रस्टेशन छन् । डिजिटल डिस्प्ले राखोस् । टोकन दिओस् । सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?